Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • त्रिशूलीमा बस दुर्घटना : घाइते १३ जनालाई उपचारका लागि काठमाडौं पठाइयो

    त्रिशूलीमा बस दुर्घटना : घाइते १३ जनालाई उपचारका लागि काठमाडौं पठाइयो

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 522
    SHARES

    मलेखु । पृथ्वी राजमार्गमा बस दुर्घटनाको क्रममा घाइते भएका १३ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । उनीहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि उपचारका लागि काठमाडौं पठाइएको हो ।

    दुर्घटनामा घाइतेमध्ये भएका चार जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।



    बुधबार बिहान काठमाडौंबाट म्याग्दीको बेनी जाँदै गरेको धवलागिरी यातायातको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी नजिकै दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।



    घटनास्थलमा अहिले उद्धार भइरहेको छ । बस नदीमा खसेको हुँदा केही बगेको र केही यात्रु बसमै च्यापिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार