Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • त्रिशूलीमा बस दुर्घटना : मृतक आठमध्ये तीन जनाको परिचय खुल्यो

    त्रिशूलीमा बस दुर्घटना : मृतक आठमध्ये तीन जनाको परिचय खुल्यो

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुने आठमध्ये तीनजनाको परिचय खुलेको छ ।

    दुर्घटनामा मृत्यु भएका म्याग्दीको रघुगंगा गाउँपालिका–३ बस्ने ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीया कृतिका शर्मा र धादिङको गजुरी गाउँपालिका–८ बस्ने २५ वर्षीय सविन रम्तेलको परिचय खुलेको हो ।



    दुर्घटनामा ६ पुरुष र दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । काठमाडौंबाट म्याग्दीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–२, चालिसेबाट त्रिशूली नदीमा खसेको थियो ।



    दुर्घटनामा घाइते भएका १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार