Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • राजनीतिक नक्सा सच्याउन चीनलाई जनमोर्चाको चेतावनी

    राजनीतिक नक्सा सच्याउन चीनलाई जनमोर्चाको चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 891
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चीनको नयाँ राजनीतिक नक्साले नेपालको राष्ट्रियतामाथि गम्भीर आँच पुगेको बताएका छन् ।

    अध्यक्ष केसीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । अध्यक्ष केसीले उक्त राजनीतिक नक्सा तत्काल सच्याउन पनि चीन सरकारलाई चेतावनी दिए ।



    अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’नेपालले २०७७ सालको जेठ ३१ गते दार्चुला जिल्लाको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर जारी गरेको नयाँ चुच्चे नक्सालाई २८ अगस्त २०२३ मा चिनियाँ सरकारले जारी गरेको आफ्नो मुलुकसहित विश्वको नक्सामा मान्यता नदिएकोमा हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।’



    चीनले आफ्नो नक्सामा २०७७ जेठभन्दा अगाडिको नेपालको नक्सालाई राख्नु र विगतमा नेपाललाई जानकारी नै नदिई भारतसँग लिपुलेक नाकालाई चीन र भारतका बिच व्यापारिक नाकाको रूपमा विकास गर्ने सम्झौता गर्नुले कालापानीको सवालमा चीनले समेत भारतको पोजिसनलाई घुमाउरो प्रकारले समर्थन गरेको जनमोर्चाको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार