Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • पेप्सीकोला दुर्घटनामा घाइते सशस्त्रका जवान थापाको मृत्यु

    पेप्सीकोला दुर्घटनामा घाइते सशस्त्रका जवान थापाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 14.5K
    SHARES

    काठमाडौं । पेप्सिकोलामा बसले गुडिरहेका ३ वटा सवारी साधनलाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ।

    दुर्घटनामा सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन भएको हो ।



    जडिबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बोलेरो गाडी आज बिहान एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।



    दुई गाडी ठोक्किँदा बागमती प्रदेश०२–०३७प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो ।

    स्कुटरमा रहेकी सशस्त्र प्रहरी जवान थापाको उपचारको क्रममा मृत्यु भएको हो । उनीसँगै स्कुटरमा सवारघाइते जवान स्वस्थानी खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा १४ जना घाइते भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार