Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • जहाजलाई सघाउन जोमसोम-पोखरा र काठमाडौं-लुक्ला रुटमा मौसमी क्यामरा

    जहाजलाई सघाउन जोमसोम-पोखरा र काठमाडौं-लुक्ला रुटमा मौसमी क्यामरा

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । दुर्गम भेगको स्टल उडान सुरक्षित बनाउने उद्देश्यसहित काठमाडौं–लुक्ला सेक्टर र जोमसोम–पोखरा रुटमा इन–रुट वेदर क्यामरा जडान गरिएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा मौसमसम्बन्धी जानकारी गराउने इन–रुट वेदर क्यामरा जडान गरेको हो ।



    प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच इन–रुट वेदर क्यामरा जडान गर्ने सम्झौता भएको थियो ।



    सोलुखुम्बुस्थित फाप्लुको उत्तरतर्फ इन–रुट वेदर क्यामरा जडान गरिएको क्यानले जनाएको छ । सम्झौता बमोजिम आविष्कार केन्द्रले पोखरा–जोमसोम रुटमा पर्ने माहुरेडाँडा, कुटुका र लेतेमा मौसमसम्बन्धी जानकारी दिने क्यामरा जडान गरिसकेको छ ।

    हिमाली भेगमा पर्ने काठमाडौं–लुक्ला, पोखरा–जोमसोमलगायतका हवाई रुट उडानका लागि जोखिमपूर्ण मानिन्छन्  । प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार छिटै पश्चिमतर्फका नेपालगन्ज, सिमिकोट, डोल्पा, बाजुरा रुटमा जडान गरिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार