Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • स्थानीय तहमा अस्पताल खोल्न सहुलियत कर्जा

    स्थानीय तहमा अस्पताल खोल्न सहुलियत कर्जा

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 900
    SHARES

    काठमाडौँ । अब स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्नका लागि बैंक तथा वित्तीय संस्थाले २० करोड रुपियाँसम्म सहुलियत कर्जा दिन पाउने भएका छन् ।

    नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्न २० करोडसम्म कर्जा दिन पाउने व्यवस्था गरिएको हो ।



    राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आधार दरमा बढीमा दुई प्रतिशतसम्म मात्र प्रिमियम थप गरी २० करोड रुपियाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था रहेको छ । विकास पूर्वाधारमा लगानी प्रोत्साहन गर्ने उद्देश्यले अस्पताल नभएका स्थानीय तहमा अस्पताल बनाउन कर्जा लगानी गर्नसमेत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हो ।



    विकासका पूर्वाधारको उचित प्रवर्द्धनले मात्र समग्र देशको विकास सुनिश्चित हुने भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यस्तो सर्कुलर गरेको हो । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार