Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 858
    SHARES

    काठमाडौं । आज प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बुधबारका लागि तय गरिएको बैठक प्रतिनिधिसभा सदस्य एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित भएको थियो ।

    आज नेम्वाङको अन्त्येष्टि पश्चात् बैठक दिउँसो ३ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



    मंगलबार हृदयघातबाट संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका भएपछि बुधबार तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो । यस्तै राष्ट्रिय सभा बैठक पनि आजै बोलाएको छ।



    दिवंगत नेम्वाङको आज अन्तिम संस्कार गरिँदैछ । उनको अन्तिम संस्कारका दिन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार