Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • २९ जिल्ला न्यायाधीश पदको परीक्षामा एक जनामात्रै उत्तीर्ण

    २९ जिल्ला न्यायाधीश पदको परीक्षामा एक जनामात्रै उत्तीर्ण

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । जिल्ला न्यायाधीशको २९ पदका लागि भएको परीक्षामा एक जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् ।

    आयोगले २०८० साउन १६ देखि २० गतेसम्म लिएको लिखित परीक्षामा २११ जना सहभागी भएकोमा एकजना मात्र उत्तीर्ण भएका हुन् ।



    आयोगले पारसमणि पोखरेललाई मात्र अन्तर्वार्ताका लागि सिफारिश गरेको छ ।



    आयोगले आन्तरिक खुलातर्फ १५ जना, खुलातर्फ ७ जना, महिला २ जना, आदिवासी जनजाति २ जना, मधेशी २ जना र दलित १ जना गरी कुल २९ जना जिल्ला न्यायाधीशका लागि परीक्षा लिएको थियो ।

    तर, १ जना मात्र उत्तीर्ण भएको न्याय सेवा आयोगले भदौ ३१ गते जारी गरेको सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार