Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नक्कली नोटसहित इटहरीबाट दुई जना पक्राउ

    नक्कली नोटसहित इटहरीबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 2.1K
    SHARES

    सुनसरी । प्रहरीले इटहरी उपमहानगरपालिकाबाट १५ लाख ८७ हजार नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सङ्खुवासभाको पाँचखपन नगरपालिका ५ घर भएका विवेक राईलाई र सङ्खुवासभाकै मकालु नगरपालिका ६ का अजय राई रहेका छन् ।



    इलाका प्रहरी कार्यालय इटहरीले उनीहरुलाई विशेष सूचनाको आधारमा १ हजार दरको १५ सय ८७ थान नक्कली नोटसहित पक्राउ गरेको हो ।



    प्रहरीले उनीहरुको साथबाट नोकिया कम्पनीको सादा मोबाइल एक थान, ओप्पो कम्पनीको स्क्रिन टच मोबाइल एक थान र भिभो कम्पनीको स्क्रिन टच मोबाइल एक थान पनि बरामद गरेको छ ।

    नियन्त्रणमा रहेका विवेक र अजय राईलाई थप अनुसन्धानको लागि आजै जिल्ला अदालत सुनसरीबाट मुद्रा सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखेर अनुसन्धान कार्य जारी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार