Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • १५ बर्षमा २५ करोड कमाउने उपसचिवको करामतः सचिवलाई प्रभावमा पारेर सरुवा रोके

    १५ बर्षमा २५ करोड कमाउने उपसचिवको करामतः सचिवलाई प्रभावमा पारेर सरुवा रोके

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 5.2K
    SHARES

    काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत र नापी कार्यालयका प्रमुखहरुको सरुवा निकाल्दैछ । भूमिब्यवस्था मन्त्री रन्जिता श्रेष्ठभन्दा सरुवामा सचिव गोकर्णमणि दुवाडीको हस्तक्षेप देखिएको छ । काठमाडौं उपत्यकाका विवादित कार्यालय प्रमुखहरुको सरुवा गर्न खोज्दा सचिव दुवाडीले रोकेका छन् ।

    काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरुमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका र विशेष अदालतमा सेटिङ गरी मुद्दा जितेका कर्मचारीहरुलाई छानीछानी सरुवा गरिएको छ । २ बर्ष अवधि पुगेका मालपोत र नापी कार्यालयका प्रमुखहरु गर्ने भने पनि कतिपय ४–५ बर्ष भइसकेका आकर्षक कार्यालयका प्रमुखहरुलाई पनि चलाइएको छैन । मन्त्रालयबाट यस्तो बेथितिपूर्ण सरुवा गरिएको छ ।



    यसैगरी, भ्रष्टाचारमा मुछिएका र सरकारी जग्गा गैरकानुनी रुपमा दर्ता गरेको भनी अख्तियारमा किटानी उजुरी परेका नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख उमेशकुमार साहलाई पनि यथावत राखिएको छ । साहका बिरुद्ध सरकारी जग्गा आफ््नो नाममा दर्ता गर्ने र कार्यालयमा सेवाग्राहीहरुलाई अनावश्यक दुःख दिने गरेको गम्भीर उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको र त्यसको बोधार्थ सचिव दुवाडीलाई दिएको भए पनि उनले त्यो लुकाएर उनलाई २ बर्ष नपुगेको भनी सरुवा हुनबाट रोकेका छन् ।



    भदौ अन्तिमसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गर्ने गर्दछ भने असोज १५ सम्म सम्बन्धित मन्त्रालय, विभाग र कार्यालयले कर्मचारी सरुवा गर्ने ब्यवस्था छ । भूमिब्यवस्था मन्त्रालयले देशभरका मालपोत र नापी कार्यालयका प्रमुखहरुको सरुवा गरिरहेको छ । शुक्रबार मालपोत र नापी कार्यालयका प्रमुखहरुको सरुवा गर्न खोज्दा विवादित ललितपुरका प्रमुख साहलाई भने सचिव दुवाडीले रोकेका छन् ।

    कार्यालय प्रमुख साहले सरकारी जग्गा दर्ता गरेको प्रमाणसहितको कित्ता नम्बर समेत उल्लेख भएको उजुरी अख्तियारमा पर्दा पनि सचिव दुवाडीले आर्थिक लाभ लिएर उनको सरुवा हुनबाट रोकेको आरोप छ ।

    कार्यालय प्रमुख साहले ललितपुरको नख्खु खोला करिडोरमा पर्ने नगर १३ सिट नम्बर १०२–१२६४–०३ कि.न. ३४७८ को सरकारी जग्गा घुस लिई ब्यक्तिको नाममा हालसाविक(अद्यावधिक) गरेका छन् ।

    साविक भैंसेपाटी गा.वि.स. वडा नं. ६ ‘क’ कि.न.४६९ को सरकारी जग्गा हाल नयाँ नापीमा कार्यविनायक नगरपालिका वडा नं. ४ कि.न.१३५४ नेपाल सरकारको नाममा हुनुपर्नेमा नापी कार्यालयका प्रमुखसाहले आर्थिक लाभ लिई ब्यक्तिको नाममा हालसाविक गरी सरकारी जग्गा हिनामिना गरेको अख्तियारमा दर्ता भएको उजुरीमा उल्लेख छ ।

    नापी कार्यालय ललितपुरका प्रमुखसाहले ब्यापक भ्रष्टाचार गरी अकूत सम्पत्ति आफ्नो नाममा, श्रीमती तथा आफन्तका नाममा साथै साथीको नाममा काठमाडौं उपत्यका लगायतका ठाउँमा जग्गा जोडेको उजुरीमा उल्लेख छ । अख्तियारमा २०८० असोज २ गते परेको सी–०१७७८४ दर्ता नम्बरको उजुरीमा उनीमाथि भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेकाले छानबिन गर्न माग गरिएको छ । उनले २५ करोड भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएकाले उक्त सम्पत्ति छानबिन गर्न माग गरिएको छ ।

    उजुरीमा उल्लेख छ– नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख साहले ललितपुरको धापाखेल ८ ‘ख’ कि.न. २७५८, २७६३ समेत गरी ३ वटा प्लट(०–१२–०–०) ४–४ आनाको जग्गा २ वटा आफ्नो नाममा किनेको र एक कित्ता साथीको नाममा किनेको सो जग्गा प्रतिआना २२ लाख रुपैयाँका दरले २ करोड ६४ लाखमा किनेका हुन् । उक्त जग्गा आफ्नो नाममा खरिद गर्दा साहले अर्को नापी अधिकृतले थाहा पाउँछ भनेर आफैं प्रमाणित गरेका थिए । यसरी साहले आफ्नो नामको लिखत आफैं प्रमाणित गरेका छन् । आफ्नो नामको लिखतमा आफैं हस्ताक्षर गर्न मिल्दैन । यसरी आफ््नो जग्गा आफैं प्रमाणित गरेको बिषयमा अख्तियारमा उजुरी परेको थाहा पाएपछि उनले शनिबार (असोज ६ गते) सार्वजनिक बिदाका दिनमा पनि कार्यालयमा दिनभर बसेर उक्त कागजात गायब पारेका छन् ।

    सरकारी जग्गा लाखौं घुस लिएर ब्यक्तिको नाममा गरेको बिषयमा पनि प्रमाण मेटाउन उनी शनिबार दिनभर तल्लीन थिए । उनी शनिबार साँझसम्म प्रमाण मेटाउन कार्यालयमै थिए ।
    यसरी ब्यापक रुपमा नापी कार्यालय ललितपुरमा आर्थिक रुपमा घुस उठाउने गिरोह नै साहले चलाएका छन् । एउटा कित्ताकाट गर्दा प्रत्यक सेवाग्राहीकसङ्ग १ लाख रुपैयाँ घुस असुल्ने गरिएको स्रोत बताउछ । कित्ताकाटमा घुस असुली गर्ने कार्य लेखापढी ब्यवसायीमार्फत् गर्ने गरिएको छ । यसरी सरकारी जग्गाको रक्षा गर्नुपर्ने जिम्मा पाएका कार्यालय प्रमुख साह नै भक्षक बनेका छन् ।

    यसअघि साहले नेपाल–भारत सीमानामा नापनक्साको काम गर्दा गाडी, इन्धन, चेनमेन(लेबर) को फर्जी बिल बनाएको, अछाम, अर्घाखाँची नापीमा काम गर्दा चेनमेन(लेब) तथा सामान बिल फर्जी गरेको, फिल्डमै गएर नक्सा नाप्नुपर्नेमा फिल्डमा नगई पुरानो (साविक) नक्सालाई ट्रेस गरी फर्जी बिल भर्पाई बनाई दसौं लाख रुपैयाँ अनियमितता गरेको बिषयमा समेत छानबिन गर्न उजुरीमा माग गरिएको छ ।

    यस्तो अनियमितता गरी कमाएको सम्पत्तिबाट मनोहरा जग्गा एकीकरण आयोजना भक्तपुर लोकन्थलीमा निजले साढे ३ तला घर ६ आना क्षेत्रफलमा बनाएर बसेका छन् । उक्त घरको हालको न्यूनतम मूल्य ५ करोडभन्दा बढी पर्न आउँछ । ललितपुर नापी कार्यालयका कर्मचारीहरुले कुनै जग्गा कित्ताकाट वा हालसाविक गर्दा नापी अधिकृतले प्रमाणित गराउने गरेको ललितपुर नापीका कार्यालय प्रमुख साहले घुसको कुरा तय गर्ने र आफैंले प्रमाणित गर्ने गरेका छन् ।

    कार्यालय प्रमुख साहले दिनभरी बाहिर बाहिर घुमिराख्ने, बेलुका ५ बजे आएर गीता रायमाझी नामका सहयोगीबाट सबै डिटेल ह्वाट्सएप बाट फोटोहरु लिएर कर्मचारीहरुलाई बार्गेनिङ गरी घुस असुल्ने गरिएको छ । उनीहरु दुबैको ह्वाट्सएप अख्तियारले चेक गर्दा सबै खुल्छ । सेवाग्राहीको कुनै फाइलको काम कर्मचारीहरुले कार्यालय प्रमुखसमक्ष पेश गर्दा कर्मचारीले प्रमाणित गर्नुअगावै कति घुस आउँछ सोध्ने तर सेवाग्राहीले दिएको रकम चित्त नबुझेपछि फाइलमा नकारात्मक टिप्पणी लेखी नागरिकलाई अनाहकमा दुःख दिई रकम असुल्ने गरेका छन् ।

    उजुरीमा उल्लेख छ–प्रमुख नापी अधिकृत उमेशकुमार साहले २०६४ सालमा सरकारी सेवामा प्रवेश गरेर १५ बर्षमा २५ करोड रुपैयाँ बराबरको सम्पत्ति कसरी आर्जन गरे ? यसमा अख्तियारले गम्भीर ढंगले अनुसन्धान गरेमा सरकारी जग्गा गैरकानुनी रुपमा दर्ता गरेकोदेखि नागरिकलाई अनाहकमा सास्ती दिएर घुस असुलेर कमाएको स्वतः पुष्टि हुनेछ ।

    सरकारी जग्गा हिनामिना गर्ने, घुस असुल्नुका साथै कार्यालयका कर्मचारीहरुलाई घुस माग्न बाध्य बनाउने गरेको छ । कार्यालय प्रमुख साहलाई मन नपरेका कर्मचारीहरुले दैनिक गर्ने कामहरुको(डकुमेन्ट)को तस्वीर खिची बार्गेनिङ गर्ने गरेका छन् । कार्यालय प्रमुखको यस्तो निचतापूर्ण हर्कतबाट कर्मचारीहरु आजित भई सरुवा मागेर जाने मनस्थितिमा छन् । यस्ता कार्यालय प्रमुखको विस्तृत अनुसन्धान गरी साथै उनको सम्पत्ति छानबिन गरी गर्न माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार