Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • १९औँ एसियाली खेलकुद : भारतले जित्यो महिला क्रिकेटको उपाधि

    १९औँ एसियाली खेलकुद : भारतले जित्यो महिला क्रिकेटको उपाधि

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 2K
    SHARES

    काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा महिला क्रिकेटको उपाधि भारतले जितेको छ ।

    भारतले फाइनल खेलमा श्रीलंकालाई १९ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । टस जिती पहिलो ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १६ रन बनाएको थियो ।



    जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्यो । श्रीलंकाका लागि हसिनी परेराले सर्वाधिक २५ रन बनाइन् । निलाक्षी डा सिल्भाले २३ रन जोडिन् ।



    श्रीलंकाका लागि ओसादी रनसिङ्घेले १९ र कप्तान चामरी आथापाथुले १२ रन बनाएका थिए । यसअघि एसियाली खेलकुदको महिला क्रिकेटमा बंगलादेश तेस्रो भएको थियो । तेस्रो स्थानका लागि सोमबार नै खेलिएको खेलमा बंगलादेशले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार