Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नेपाली पब्जी टिम एसियाडको दोस्रो चरणमा

    नेपाली पब्जी टिम एसियाडको दोस्रो चरणमा

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.9K
    SHARES

    चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड)मा इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम दोस्रो चरणमा पुगेको छ।

    आज चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको समूह ‘सी’ को प्रारम्भिक चरणमा नेपाल दोस्रो हुँदै दोस्रो चरणमा पुगेको हो।



    समूहमा नेपालसहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम थिए। जसमा नेपाल उत्कृष्ट टाइममा दोस्रो भयो। समूहमा शीर्ष स्थान दक्षिण कोरियाले हात पार्‍यो।



    नेपालको ५२ मिनेट २०.२८ सेकेन्ड तथा कोरियाको ४७ मिनेट २८.४६७ सेकेन्डको टाइमिङ थियो।

    नेपाल चार समूहमा दोस्रो हुनेमध्ये उत्कृष्ट टाइमिङको आधारमा अन्तिम १६ मा छनोट भएको हो।

    अब नेपालले दोस्रो चरणमा भोलि समूहमा प्रतिस्पर्धा गर्नेछ। त्यहाँबाट उत्कृष्ट आठ टिम तेस्रो चरणमा प्रवेश गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार