Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • १९औँ एसियन गेम्स : मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

    १९औँ एसियन गेम्स : मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई पराजित गरेको छ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालसँग मंगोलिया २७३ रनले पराजित भएको हो । टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठुलो अन्तरको जित हो ।

    टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान यसअघि चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो ।



    नेपालले मंगोलियालाई जितका लागि विश्व कीर्तिमानी लक्ष्य दिएको थियो । टी—२० ढाँचाको प्रतियोगितामा टस हारी पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनायो ।



    यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान अफगानिस्तानको नाममा थियो । अफगानिस्तानले सन् २०१९ को फेब्रुअरी २३ मा खेलिएको आयरल्यान्डविरुद्धको खेलमा तीन विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले शतक प्रहार गरे । उनले ५० बलमै १३७ रनको कीर्तिमानी शतक प्रहार गरेका हुन् । उनले मंगोलियाविरुद्ध १२ छक्का र ८ चौका प्रहार गरे।

    त्यस्तै कप्तान रोहित पौडेलले अर्धशतकसहित ६१ रनमा आउट भए । २७ बल खेलेका उनले ६ चौका र २ चौका प्रहार गरे। अलराउन्डर दीपेन्द्र सिंह ऐरीले १० बलमै ८ छक्का प्रहार गर्दै अर्धशतकसहित ५२ रन बनाए ।

    ओपनर कुशल भुर्तेल १९ रनमा आउट हुँदा आसिफ शेख १६ रन बनाएर पेभेलियन फर्किएका थिए । अहिले मंगोलिया लक्ष पछ्याउँदै छ । दुई ओभरमा एक विकेट गुमाएर दुई रन बनाएको छ ।

    यस्तै मंगोलियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले २, करण केसीले २ ,अविनाश बोहराले २ र दिपनेद्र सिंह ऐरी, सोमपाल कामी र कुशल भुर्तेलले एकरएक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार