Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • क्रिकेट खेलाडीको प्रोत्साहन पुरस्कार १ करोड ५७ लाख रकम अर्थले गर्‍यो निकासा

    क्रिकेट खेलाडीको प्रोत्साहन पुरस्कार १ करोड ५७ लाख रकम अर्थले गर्‍यो निकासा

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 795
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ ।

    तीन प्रतियोगिताको पूर्व घोषित एक करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो ।



    राष्ट्रिय खेलकुद परिषदका अनुसार गत वैशाख ५ देखि १८ गतेसम्म भएको एसिसी पुरूष प्रिमियर कपका लागि ७९ लाख, २०७९ फागुन १२ देखि १८ गतेसम्म भएको आइसिसी यु–१९ पुरूष सिडब्लुसी– एसिया क्वालिफायरका लागि ४६ लाख र आइसिसी सिडब्लुसी लिग– २ का लागि ३२ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार निकासा भएको हो ।



    गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही छ लाख र अन्य टिम अफिसियलाई जनही तीन लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार