Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • क्रिकेट खेलाडीलाई जनही तीन लाख पुरस्कार दिने सरकारको घोषणा

    क्रिकेट खेलाडीलाई जनही तीन लाख पुरस्कार दिने सरकारको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 633
    SHARES

    काठमाडौं । विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयी नेपाली क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप तीन/तीन लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुलाई आज बिहान सरकारी निवास बालुवाटार बोलाएका थिए । साथै देशमा निर्माणाधीन रंगशाला पनि पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता व्यक्त गरे ।



    प्रधानमन्त्रीको निम्तोमा विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरू आज बिहान प्रधानमन्त्री निवास पुगेका थिए।

    बिहीबार युएईलाई पराजित गर्दै शीर्ष ३ मा पुगेर नेपाल जिम्वावेमा हुने विश्वकप छनोटमा पुगेको हो । डकवर्थ लुइस मेथडको आधारमा नेपाल विजयी भएको हो । युएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको थियो । तर, भिजिबिलिटी कम भएपछि एम्पायरले नेपाललाई डिएलएसका आधारमा विजयी घोषित गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार