Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • एसियाडका लागि सन्दीप चीन प्रस्थान

    एसियाडका लागि सन्दीप चीन प्रस्थान

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड)का लागि चीन प्रस्थान गरेका छन्।

    तीन दिनअघि नै नेपाली टीम एसियाडका लागि प्रस्थान गर्दा सन्दीप आफ्नो मुद्दाको पेशीका कारण रोकिएका थिए ।



    काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको सन्दीपविरुद्धको बलात्कारको मुद्दामा फैसलाका लागि आइतबारलाई पेसी तोकिएको थियो।



    तर अदालतले मुद्दा स्थगितको सूचीमा राखेपछि उनी आज चीन प्रस्थान गरेका हुन्। मुद्दाको सुनुवाइ स्थगित भए पनि सन्दीपले मानसिक तनावका कारणले आफू खेल्न सक्ने अवस्थामा नरहेको बताउँदै आएका थिए।

    तर नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कासँगको छलफलपछि उनी चीन जान तयार भएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार