Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • १९औँ एसियाडमा नेपाल पदकविहीन,जुडोमा पनि नेपालको यात्रा समाप्त

    १९औँ एसियाडमा नेपाल पदकविहीन,जुडोमा पनि नेपालको यात्रा समाप्त

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 852
    SHARES

    काठमाडौं । १९औँ एसियाली खेलकुदअन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ ।

    एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ ।



    नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन ।



    त्यस्तै जुडोमा पनि आज नेपालको यात्रा समाप्त भएको छ । जुडोमा प्रतिस्पर्धा नेपालका दुई खेलाडी पराजित भएपछि जुडोमा नेपालको प्रतिस्पर्धा सकिएको हो ।

    जियोसन लिन्पु जिम्न्याजियममामा भएको जुडोको खेलमा पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए । उनलाई काजाकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमा हराए ।

    यस्तै महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा हारिन् । आकृति म्याटमा २७ सेकेन्ड मात्र टिक्न सकिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार