Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • एसियाली खेलकुद आजदेखि, उद्घाटन गर्दै चिनियाँ राष्ट्रपति सी

    एसियाली खेलकुद आजदेखि, उद्घाटन गर्दै चिनियाँ राष्ट्रपति सी

    अनलाइन नेपाल
  • शनिबार, ६ असोज २०८०
  • 945
    SHARES

    काठमाडौं । एसियाली खेलकुद प्रतियोगिता आजदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुँदैछ ।

    चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्न लागेका हुन् ।



    अन्य धेरै राष्ट्राध्यक्ष र सरकार प्रमुखसँगै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि उद्घाटन समारोहमा सहभागी हुनेछन् ।



    प्रतियोगितामा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीको सहभागिता रहने चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् । प्रतियोगितामा ४० खेल समावेश गरिएका छन् ।

    हाङचउले प्रतियोगिताका लागि भनेर ५४ खेल स्थलमा प्रयोगमा ल्याउनेछ, त्यसमध्ये १४ केन्द्र नयाँ निर्मित गरिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार