Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नेपाल आउँदै एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस

    नेपाल आउँदै एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 936
    SHARES

    काठमाडौं । अमेरिकी परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट काठमाडौं आउने भएकी छन् ।

    एमसीसीकी कार्यकारी अधिकृत एलिस पाँच दिनका लागि काठाडौं आउन लागेकी हुन् ।



    अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट कार्यान्वयनमा गएको छ ।



    एमसीसीकी सीईओ एलिस यसैको कार्यान्वयनमा गएको उपलक्ष्यमा नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

    भ्रमणका क्रममा एमसीसीकी सीईओ एलिसले नेपाल सरकारका वरिष्ठ नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने र कार्यान्वयनका अगाडिका चुनौतीहरूलाई सम्बोधन गर्न एवम् कम्प्याक्टका लाभहरू नेपालीहरूसम्म पुर्याउन एमसीसी दृढ साझेदारका रूपमा रहने प्रतिबद्धतामाथि जोड दिने दूतावासले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार