Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नेप्सेमा ३३ अंकको गिरावट, १ अर्ब ८३ करोडको कारोबार

    नेप्सेमा ३३ अंकको गिरावट, १ अर्ब ८३ करोडको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको पहिलो दिन आज सेयर बजारको परिसूचक नेप्से १९७१ अंकमा झरेको छ ।

    नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३३.२० अंक घटेको हो । दिनभर कुल १ अर्ब ८३ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ ।



    जम्मा १० कम्पनीको मूल्य बढ्दा २२० को घट्यो भने २ को स्थिर रहृयो । हाइड्रोपावर उपसमूह सबैभन्दा धेरै ३.३ प्रतिशत घट्यो ।



    बैंकिङ १३, विकास बैंक ५३, फाइनान्स ३८, होटल तथा पर्यटन ८४, जलविद्युत् ७२, जीवन बीमा २११, उत्पादन तथा प्रशोधन ६९, माइक्रोफाइनान्स ५५, निर्जीवन बीमा १६७, अन्य २२ र व्यापार उपसमूह ५४ अंक घटे ।

    सयपत्री हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो भने पिपुल्स पावरको ६ प्रतिशत बढ्यो । ५ कम्पनीको मूल्य १० प्रतिशत घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार