Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एमाले कोशी प्रदेश अधिवेशनको मतगणना सुरू

    एमाले कोशी प्रदेश अधिवेशनको मतगणना सुरू

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 1.2K
    SHARES

    विराटनगर । नेकपा एमाले कोशी प्रदेशमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ ।

    सोमबार साझ ५ बजेदेखि मतगणना सुरू भएको हो। ७ स्थानबाट मतगणना सुरू भएको छ।



    ९९७ जना प्रतिनिधि रहेको प्रदेश अधिवेशनमा ९७७ मत खसेको थियो। अधिवेशनमा ३५ स्थानमा मतदान भएको थियो। अधिवेशनमा अध्यक्षका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा भएको थियो।



    मतदान आज बिहान ५ बजे सकिएको थियो। अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ। त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार