Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

    एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन् ।

    बुधबारदेखि सुर्खेतमा जारी नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट अध्यक्षमा सल्यानका शाह निर्वाचित भएका हुन् ।



    एमाले पोलिटब्युरो सदस्यसमेत रहेका शाह ३६९ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कालीकोटका मीनबहादुर शाही पराजित भए । शाहीले २०७ मत मात्र पाए ।



    अध्यक्षकै अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत प्राप्त गरे। यस्तै, उपाध्यक्षमा जुम्लाका टेकराज पछाई ३४२ मत ल्याई विजयी भए । यसैगरी सचिवमा सुर्खेतका ध्रुवकुमार शाही ४०६ मतसहित विजयी भएका छन् ।

    मतदानमा जम्मा मत ६०४ खसेकोमा ५८० मत सदर भएको थियो भने २४ मत बदर भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार