Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • न्यूजक्लिकसँग सम्बन्धित भारतका पत्रकारहरुको घरमा प्रहरी छापा

    न्यूजक्लिकसँग सम्बन्धित भारतका पत्रकारहरुको घरमा प्रहरी छापा

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.5K
    SHARES

    एजेन्सी । दिल्ली प्रहरीले न्यूजक्लिकसँग सम्बन्धित भारतका पत्रकारहरुको निवासमा छापा मारेको छ ।

    मंगलबार बिहान पत्रकारहरु र न्यूजक्लिकसँग सम्बन्धित व्यक्तिहरुका घरमा प्रहरीले छापा मारेको हो ।



    प्रहरीले केही पत्रकारको ल्यापटप तथा मोबाइललाई नियन्त्रणमा लिएको छ । न्युजक्लिकमा कार्यरत पत्रकारहरू प्रवीर पुरकायस्थ, सञ्जय राजौरा, उर्मिलेश, भाषा सिंह, औनिंद्यो चक्रवर्ती, अभिसार शर्मा र सोहेल हासमीलगायतको घरमा प्रहरीले छापामा मारेको भारतीय संञ्चार माध्यमहरुले जनाएका छन् ।



    न्यूज क्लिक पोर्टलमाथि चीनबाट फण्ड लिएको आरोप लाग्दै आएको छ । त्यसविरुद्ध मुद्दा दायर गरी प्रहरीले अनुसन्धान सुरु गरिरहेको थियो । प्रहरीले आज मारेको छापा पनि पनि सोही घटनासँग सम्बन्धित रहेको बताइएको छ ।

    भारतीय जनता पार्टी विजेपीका सांसदहरुले संसदमा नै न्युज क्लिकमाथि चिनियाँ लगानीमा सञ्चालन रहेको आरोप लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार