Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • पुल्चोक क्याम्पसका परीक्षा बोर्डका सदस्यहरूले दिए राजीनामा, भने – फारम भर्न र प्रवेश परीक्षा गराउन सक्दैनौं

    पुल्चोक क्याम्पसका परीक्षा बोर्डका सदस्यहरूले दिए राजीनामा, भने – फारम भर्न र प्रवेश परीक्षा गराउन सक्दैनौं

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रवेश परीक्षा बोर्डका सदस्यहरूले सामुहिक राजीनामा दिएका छन् । इन्जिनियरिङ शिक्षाको शुल्क विवादले उग्ररूप लिएपछि बोर्डका अध्यक्ष–सदस्यहरूले राजीनामा दिएका हुन् ।

    पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्नातक तहमा नयाँ भर्नाका लागि बुधबार, बिहीबार र शुक्रबार फारम वितरण र असोज २२ गतेबाट प्रवेश परीक्षाको मिति तोकिएको थियो ।



    यो मितिमा फारम भर्न र प्रवेश परीक्षा गराउन नसकिने बोर्डले जनाएको छ । परीक्षा बोर्डका अध्यक्ष सुशीलबहादुर बज्राचार्य, सदस्य इन्द्रप्रसाद आचार्य, सदस्य सञ्जीवप्रसाद पाण्डे, सदस्य किरणचन्द्र दाहालले संयुक्त राजीनामा बुझाएका छन्।



    त्यस्तै परीक्षा बोर्डका सदस्य सचिव विदुर ढकाल, सल्लाहकारद्वय सुरज लामिछाने र हिक्मतराज जोशीले पनि राजीनामा बुझाएका छन् । मंगलबार नै पुल्चोक क्याम्पसका विभागीय प्रमुखहरूले स्ववियुलाई आफ्नो जिम्मेवारी सुम्पिएका थिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार