Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • राष्ट्रिय सुरक्षा परिषद्

    सेनालाई उच्च सतर्क अवस्थामा रहन राष्ट्रिय सुरक्षा परिषद्को निर्देशन

    सेनालाई उच्च सतर्क अवस्थामा रहन राष्ट्रिय सुरक्षा परिषद्को निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । सरकारले नेपाली सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ । बुधबार सिंहरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले यस्तो निर्देशन दिएको हो ।

    पछिल्लो समय देशका विभिन्न भागमा धार्मिक तथा जातीय तनाव बढिरहेका बेला सरकारले नेपाली सेनाका तलैसम्मका युनिटहरुलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको हो । राष्ट्रिय सुरक्षा परिषद्‍को बैठकले सेनालाई जुनसुकै बेला परिचालन हुने गरी तयारी अवस्थामा रहन भनेको छ ।



    यस्तै बैठकमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा पनि गरिएको थियो भने राष्ट्रिय सुरक्षा परिषद्को पाँचौं वार्षिक प्रतिवेदन स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय पनि भएको छ ।



    सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार