Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • युएईका लागि नेपालका राजदूत क्षेत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

    युएईका लागि नेपालका राजदूत क्षेत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले बुधबार युएईका अध्यक्ष शेख मोहम्मद बिन जायद अल नाहयानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

    ओहोदाको प्रमााणपत्र पेश गरेपछि युएईका राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा राजदूत क्षेत्रीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति नाहयानको व्यक्तिगत सुख, सुस्वास्थयका साथै युएईका जनताको निरन्तर प्रगतिको कामना गरे ।



    सन् १९७७ मा नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध कायम भएयता दुवै देशबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै राजदूत क्षेत्रीले नेपालीका निम्ति युएई आकर्षक गन्तव्य बनेको बताए । उनले नेपालीलाई अवसर प्रदान गरेकामा युएई सरकारप्रति आभार व्यक्त गरे ।



    युएईका राष्ट्राध्यक्षले राजदूत क्षेत्रीको कार्यकालको सफलताको कामना गर्ने राष्ट्रपति पौडेलेको सुख, सुवास्थ्यका साथै नेपाल र नेपालीको शान्ति एवं प्रगतिको कामना गर्नुभएको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । रासस

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार