Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • काठमाडौंबाट दमाम उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो, कारण यस्तो

    काठमाडौंबाट दमाम उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो, कारण यस्तो

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंबाट साउदी अरबको दमाम उडेको नेपाल वायुसेवा निगमको जहाज बीचबाटै काठमाडौं फर्किएको छ ।

    बुधबार राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल वायुसेवा निगमको आरए ४१२ जहाज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं अवतरण गरेको हो ।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जहाज पाकिस्तानको आकाशमा पुगेपछि ‘टिकास उपकरण’मा समस्या देखिएकाले पुनः काठमाडौं फर्काइएको हो ।



    टिकास भनेको जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि हो । प्राविधिकको टोलीले मर्मत गरेपछि मात्रै विमान पुनः उडान भर्न योग्य हुने बताइएको छ । जहाजमा ९५ यात्रु रहेको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार