Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • विश्व शिक्षक दिवस आज, विभिन्न कार्यक्रमका साथ मनाइँदै

    विश्व शिक्षक दिवस आज, विभिन्न कार्यक्रमका साथ मनाइँदै

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ ।

    यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरू चाहिन्छ स् शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ रहेको छ ।



    नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग यही असोज ५ गते भएको सहमतिअनुसार विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गराउन दबाब दिन सबै शिक्षक र कर्मचारीमा सफलता मिलोस् भनी दिवसको शुभकामना दिएको छ ।



    समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार