Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • निगमका दुईजना प्राविधिकलाई काममा प्रतिबन्ध

    निगमका दुईजना प्राविधिकलाई काममा प्रतिबन्ध

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका दुईजना प्राविधिकलाई काममा प्रतिबन्ध लगाएको छ ।

    नेपालबाट साउदीको दमाम जान उडेको नेपाल एयरलाइन्सको आरए २४१ जहाज पाकिस्तानको आकास माथिबाट नेपाल फिर्ता भएको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका दुइ म्यानेजरलाई ग्राउण्डेड गरेको हो ।



    जहाजको आसपास अर्को जहाज भए नभएको बारे चेतावनी दिने प्रणाली ९टीसीएएस०मा प्राविधिक समस्या आएपछि यो जहाज काठमाडौं फिर्ता गर्नु परेको थियो । यो घटनामा नाइनएन–एकेएक्स जहाजको मर्मतमा संलग्न ड्यूटी मेन्टिनेन्स म्यानेजर र निगमको कन्टिनियुङ एयरवर्दिनेस (सीए) म्यानेजरलाई काममा रोक लगाइएको छ ।



    यो कारवाही प्राधिकरणले अर्को निर्णय नगरेसम्म लागु हुने समेत बताएको छ । पछिल्लोपटक उनीहरूले मर्मत गरेको नेपाल एयरलाइन्सको ३२०, ९एन–एकेएक्स जहाज बुधबार काठमाडौंबाट साउदी अरेबियाको दमामका लागि उडेको थियो ।

    तर, ुटिकासुमा खराबी देखिएपछि विमान पाकिस्तानको कराँची पुगेर फर्किएको थियो । उक्त विमान बुधबार राति सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार