Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एमाले गण्डकीको मतदान सकियो, आजै गणना गरिने

    एमाले गण्डकीको मतदान सकियो, आजै गणना गरिने

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन अन्तर्गत बिहीबार भएको मतदान सकिएको छ ।

    राति ९ बजे मतदान सकिँदा ८८७ जना निर्वाचनमा सहभागी भएका हुन् । कुल ९०७ मतदाता मध्ये २० जना भने मतदानमा सहभागी नभएका निर्वाचन समितिले जनाएको छ ।



    गण्डकीको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन् ।



    निर्वाचन समितिले प्रक्रिया पुरा गरेर आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार