Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा निर्वाचित

    एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका शर्मा निर्वाचित भएका हुन् ।

    अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्ष निर्वाचित भएका हुन् । नवराजले ५३१ मत ल्याएर विजयी हुँदा अधिकारीले ३६५ मत प्राप्त गरे ।



    नवराजलाई केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको समर्थन थियो । यस्तै उपाध्यक्षमा स्याङ्जाका मिनप्रसाद गुरुङ ५३४ मतले विजयी भएका छन् ।



    सचिवमा लमजुङका धनज्वय दवाडी ५२० मत लिएर विजयी भए । उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा ८९६ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार