Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बहुमूल्य सामान देखाएर ठगी गर्ने ६ जना प्रहरी फन्दामा

    बहुमूल्य सामान देखाएर ठगी गर्ने ६ जना प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बहुमूल्य सामान देखाएर ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा झापाका अनिल गदाइली, ललितपुरका रमेश नापित, मकवानपुरका सत्यनारायण कपाली, काभ्रेपलाञ्चोकका विकास श्रेष्ठ, ओखलढुंगाका लालबहादुर सुनुवार र मकवानपुरकै मुरली न्यौपाने रहेका छन् ।



    उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गदाईलीको साथबाट प्राचीन पुरातात्विक सामान अन्दाजी दुई करोड मूल्यमा खरिद बिक्री गर्ने भनी झुक्याएर ठगी गर्ने व्यक्तिको साथबाट त्रिभुजआकारको अटोफायर र क्रिष्टल मालासहित ठगी गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई काठमाडौंको कागेश्वरीबाट पक्राउ गरेको हो ।



    उनीहरुमाथि अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार