Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुन तस्करी प्रकरण : राहुल महरा पुर्पक्षका लागि कारागार चलान

    सुन तस्करी प्रकरण : राहुल महरा पुर्पक्षका लागि कारागार चलान

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पुर्पक्षका लागि थुनामा गएका छन् । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका राहुललाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा पठाउने आदेश गरेको हो ।

    सुन तस्करी आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राहुललाई भदौ १३ गते काठमाडौंबाट पक्राउ गरेको थियो । गत वर्ष पुस १० गते दुबईबाट आएको जहाजमा विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको प्रकरणमा राहुल तानिएका हुन् ।



    ८ करोड ५५ लाख २८ हजार रुपैयाँबरारको सुन तस्करीमा उनले सरकारी निकायहरूलाई प्रभावमा पारेको देखिएको छ। उक्त सुन चिनियाँ नागरिकले ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोटमा लुकाएर ल्याएका थिए। नेपाल आइसकेपछि भन्सारबाट छुटाउन राहुलले भूमिका खेलेको प्रहरीको निष्र्कष छ ।



    सोही प्रकरणमा पक्राउ परेका सुन तस्कर चिनियाँ नागरिकका सवारी चालक लोकेन्द्रकुमार पौडेललाई भने ५ लाख धरौटी माग भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार