Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सरकारले प्रभावकारी र निष्पक्ष ढंगले काम गर्न सकेन : नेता सिटौला

    सरकारले प्रभावकारी र निष्पक्ष ढंगले काम गर्न सकेन : नेता सिटौला

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 432
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको आरोप लगाएका छन् ।

    शुक्रबार काठमाडौँमा आयोजित ‘राजनीतिक उपलब्धि र आजको चुनौती विषयक विचार गोष्ठी’ मा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।



    उनले सरकार, संसद्, न्यायालय, संवैधानिक निकाय, प्रहरी प्रशासनलगायतका राज्य व्यवस्थाको समग्र मूल्यांकन गर्ने हो भने संविधानले परिकल्पना गरे अनुसार प्रभावकारी र निष्पक्ष ढंगले काम गर्न नसकेको बताए ।



    राज्यका सबै निकायलाई ठीक ढंगले अघि बढाउनका लागि नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार