Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • वर्तमान गठबन्धन कुनै हालतमा पनि नढल्ने माधव नेपालको दाबी

    वर्तमान गठबन्धन कुनै हालतमा पनि नढल्ने माधव नेपालको दाबी

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 2.6K
    SHARES

    वीरेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान गठबन्धनको सरकार कुनैपनि हालतमा नढल्ने बताएका छन् ।

    सुर्खेतमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको सरकार तलमाथि नहुने दाबी गरेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कसैले ढाल्न नसक्ने जिकिर गरे ।



    अध्यक्ष नेपालले भने, ‘कतिपयलाई लागेको होला, यो गठबन्धन सरकार टिक्छ कि टिक्दैन भन्ने । कोशी प्रदेशमा नयाँ समस्या खडा भयो । त्यसले यो सरकारमाथि आशंका उठेको हुनसक्छ । यो सरकारलाई कसैले ढाल्न सक्दैन । कसैले जतिसुकै फुर्ती देखाए पनि यो फुर्ती चल्नेवाला छैन । किनभने हामी छौं । हाम्रो पार्टीले राजनीतिक कोर्स चेन्ज गरिदिएको छ ।’



    देशलाई सही दिशा दिन गठबन्धन बनाएको उनले बताए । नेता नेपालले अहिले जनतामा विरोधीहरुले सबै पार्टी एउटै भन्ने भ्रम फैलाइरहेको बताए ।

    अध्यक्ष नेपालले न्यायका आवाज बुलन्द गर्दै एकीकृत समाजवादी जनताको बीचमा आएको बताए । उनले जनताकै बीचमा रहेर समाजवादीलाई बलियो पार्टी बनाइने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार