Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोशीपछि बागमती प्रदेश सरकार ढाल्ने प्रयासमा कांग्रेस, एकाबिहानै गगनको घरमा चार सांसद

    कोशीपछि बागमती प्रदेश सरकार ढाल्ने प्रयासमा कांग्रेस, एकाबिहानै गगनको घरमा चार सांसद

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । बागमती प्रदेशमा माओवादी नेतृत्वको सरकार ढाल्न कांग्रेसका नेताहरूले सक्रियता बढाएका छन् । माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार ढाल्न कांग्रेस नेताहरू सक्रिय भएका हुन् ।

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बागमती प्रदेश सरकार ढाल्ने विषयमा आज बिहानमात्रै पार्टीका चार सांसद आफूकहाँ आएको बताए ।



    प्रेस युनियन काठमाडौंको दसैँ शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘आज बिहान बागमती प्रदेशका चार सांसद आउनुभएको थियो । उहाँहरू बागमती प्रदेशमा हाम्रो ३८ सांसद छन् । हामी सबैभन्दा ठूलो पार्टी हो हामी माओवादीलाई मान्दैनौं । हाम्रो (शेखर पक्ष) केही दिनभित्र १२र१३ जना पुगेका छन् । सरकार बदल्दिऔं भन्दै हुनुहुन्थ्यो ।’



    सांसदहरूको आग्रहपछि सरकारको विषय आफूलाई थाहा नभएको भन्दै सभापति र वरिष्ठ नेतालाई भन्न सुझाएको बताए । उनले भने–‘मैले यस्तो कुरा चाहिँ पार्टी सभापति र वरिष्ठ नेतालाई गएर सोध्नुहोला मलाई कम ज्ञान छ भनेको छु । तर, यो सबैतिर आउँछ । कसरी जाने के गर्ने भन्ने टुंगो नभएपछि आउँछ ।’

    कोशीमा कांग्रेस नेता शेखर कोइरालाले पार्टीको निर्णयविपरीत गएर एमालेको समर्थनमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि त्यसका पराकम्प अन्य प्रदेशमा देखिन थालेको छ ।

    बागमती प्रदेशमा हाल २१ सिट रहेको माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकार छ । गठबन्धन सरकारमा ३७ सिट रहेको नेपाली कांग्रेस र ७ सिट रहेको एकीकृत समाजवादी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार