Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दसैंअघि निर्माण व्यवसायीहरुको ६ अर्ब रुपियाँ भुक्तानी गर्दै सरकार [पत्रसहित]

    दसैंअघि निर्माण व्यवसायीहरुको ६ अर्ब रुपियाँ भुक्तानी गर्दै सरकार [पत्रसहित]

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 426
    SHARES

    काठमाडौं । गत वर्ष दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपियाँ भुक्तानी हुने भएको छ ।

    अर्थ मन्त्रालयले दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रकम दिने निर्णय गरेको हो । निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र गरिसकेको छ ।



    उक्त भुक्तानी दसैंअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।



    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय र सहरी विकास मन्त्रालयअन्तर्गतका निर्माण कामको भुक्तानीका लागि अर्थ मन्त्रालयले सहमति दिएको पत्रमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार