Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • हनुमानढोकास्थित दसैँघरमा भित्र्याइयो फूलपाती

    हनुमानढोकास्थित दसैँघरमा भित्र्याइयो फूलपाती

    अनलाइन नेपाल
  • शनिबार, ४ कार्तिक २०८०
  • 609
    SHARES

    काठमाडौं । हनुमानढोकास्थित दसैँघरमा फूलपाती भित्र्याइएको छ ।

    शनिबार नेपालीहरुको महान चाड बडादसैँअन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमानढोकास्थित दसैँ घरमा फूलपाती भित्र्याइएको हो ।



    गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित शनिबार अपराह्न दसैँघरमा भित्र्याइएको हो ।



    गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार