Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अरिङ्गाल पोल्न खोज्दा टोकेर एक जनाको मृत्यु, एक घाइते

    अरिङ्गाल पोल्न खोज्दा टोकेर एक जनाको मृत्यु, एक घाइते

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 1.2K
    SHARES

    तनहुँ । तनहुँमा अरिङ्गालले टोकेर एक जना युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    भानु नगरपालिका–७ स्थित जंगलमा अरिङ्गाल पोल्ने क्रममा भानु नगरपालिका–४ फलाखेत बस्ने २४ वर्षीय धनबहादुर तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय राजकुमार तामाङ अरिङ्गालले टोकेर घाइते भएका थिए ।



    घाइते भएका राजकुमारको उपचारको क्रममा चितवन मेडिकल कलेजमा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो ।



    प्रहरीका अनुसार दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रेमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज चितवनमा पठाइएको थियो ।

    अर्का घाइते धनबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार