Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अष्ट्रेलियामा नेपाली अभिभावकहरुको बनभोजदेखि विदाइसम्म

    अष्ट्रेलियामा नेपाली अभिभावकहरुको बनभोजदेखि विदाइसम्म

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । अष्ट्रेलियाको गोस्फोर्डमा नेपाली अभिभावकहरुले भनभोज कार्यक्रम मनाएका छन् । गोस्फोड क्षेत्र वरपर बसोबास गर्ने नेपालीहरुलाई एकीकृत गरी एकापसमा परिचय गराउने उद्देश्यका साथ अभिभावकसहितको बनभोज कार्यक्रम आयोजना गरिएको आयोजक कसमस ड्राईभिङ्ग सेन्टरले जनाएको छ ।

    बनभोज कार्यक्रममा आफ्ना छोरा छोरि,नातिनातिनालाई भेट्न नेपालबाट आएका बाबु आमाहरुको उत्साहपूर्ण सहभागिता रहेको सेन्टरका संचालक बिष्णु सापकोटाले जनाएका छन् ।





    कार्यक्रममा सेण्ट्रल कोष्टमा रहेका रहेका अभिभावकहरुको बसाइलाई अविश्मरणिय बनाउन बजभोज, चियापान, विदाइ जस्ता कार्यक्रमका लागि अहोरात्र खटी रहेका कसमसका बिष्णु सापकोटा, सञ्जय श्रेष्ठ, प्रबिण पौडेल, स्मिता श्रेष्ठ, रन्जित गुप्ता, रन्जना गैरे सापकोटा, पबित्रा पौडेललगायतलाई सेण्ट्रल कोष्ट नेप्लिज कम्युनिटीले धन्यवाद समेत दिएको थियो ।

    घटस्थापनाको दिन पारेर आयोजना गरिएको कार्यक्रममा लगभग ६० जनाको उपस्थिती रहेको थियो । सेन्ट्रल कोष्ट नेप्लिज कम्युनिटीको तर्फबाट अध्यक्ष खगेन्द्र ढकाल, सदस्यहरु बिष्णु सापकोटा, जय पौडेल, बिकास काफ्ले, कुमार खकुरेल, पुष्कर भट्ट, रजत श्रेष्ठ, सचिब असीम गौतम, निबर्मान अध्यक्ष देबिभक्त पौडेल र सन्तोश शर्माको उपस्थित थियो ।

    बनभोज कार्यक्रम असोज २८ गते आयोजना गरिएको भए पनि त्यसअघि भदौ १६ गते पहिलो पटक चियापान कार्यक्रम आयोजना गरिएको थियो । नेपालबाट विदेश गएका अभिभावकहरुको रिफ्रेसमेन्टका लागि चियापान कार्यक्रम गरिएको कसमस ड्राइभिङ सेन्टरले जनाएको छ ।

    यसैबीच, नेपाल फर्कने अभिभावकहरुको विदाइ कार्यक्रम पनि सम्पन्न भएको छ । अष्ट्रेलियामा रहेका आफ्ना सन्तानसँग केही समय विताएर स्वदेश फर्कन लागेका अभिभावकहरुलाई विदाइ गरिएको सञ्जय श्रेष्ठले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार