Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • जाँदाजाँदै त्रिवि उपकुलपति बास्कोटाले भने – प्रधानमन्त्रीलाई कुलपतिबाट हटाउनुपर्छ

    जाँदाजाँदै त्रिवि उपकुलपति बास्कोटाले भने – प्रधानमन्त्रीलाई कुलपतिबाट हटाउनुपर्छ

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन नहुने बताएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उपकुलपति डाक्टर बास्कोटाले यस्तो बताएका हुन् ।

    उनले विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले प्रधानमन्त्रीलाई कुलपति बनाउने प्रावधान हटाउनुपर्ने बताए । उनले शैक्षिक व्यक्तित्वलाई खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयको कुलपति नियुक्त गर्नुपर्ने प्रस्ताव समेत गरे ।



    राजनीतिक पार्टीपिच्छे स्थापना भएको शिक्षक, कर्मचारीहरूको संघ, संघठनलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्ने प्रथाको सदाका लागि अन्त्य गर्नुपर्ने उनको भनाई छ ।



    त्यस्तै, उनले शैक्षिक व्यक्तित्वलाई खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी अधिकारसम्पन्न बनाउनुपर्ने, विश्वविद्यालयलाई द्रुततर सुधार गर्न राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेलगायत विभिन्न सुझाब दिए ।

    ०७६ साल कार्तिक १७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटालाई उपकुलपति पदमा नियुक्त गरेका थिए । उनी उपकुलपति नियुक्त भएको भोलि बिहीबार चारवर्ष पूरा हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार