Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्राधिकरणको ठेक्कामा अरबौंको सेटिङ , ३२ करोडको हिसाबले अधिकारी र बुढाबीच खटपट !

    प्राधिकरणको ठेक्कामा अरबौंको सेटिङ , ३२ करोडको हिसाबले अधिकारी र बुढाबीच खटपट !

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । एक लाख ९९ हजार ८ सय ९७ रुपैयाँको सफ्टवेयर खरिद गरी प्रयोग नगरेको अभियोग लगाउँदै सिम्रौनगढ नगरपालिका प्रशासकीय अधिकृत विश्वराज मरासिनीलगायत लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ चैत २२ गते विशेष अदालतमा मुद्दा दायर गर्यो ।

    १ लाख ५० हजारको खरिदमा अख्तियारले धेरै सरकारी कर्मचारीबिरुद्ध मुद्दा दर्ता गरेको छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल निर्माणका क्रमम अरबौं घोटालामा भने अख्तियार मौन देखिएको छ ।



    बिचौलियाहरुले नागरिक उड्डयन प्राधिकरण अन्तर्गतका यी तीन वटा आयोजनाको ठेक्कामा भएको अरबौं घोटाला काण्डमा अख्तियारका पदाधिकारीलाई समेत मिलाएको हल्ला चल्नु र आयोगले यति ठूलो भ्रष्टाचारलाई गम्भीरतापूर्वक नलिनुले पनि आशंका उत्पन्न गराएको छ ।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ७ अर्ब ८० करोड रुपैयाँको ठेक्का १ अर्ब २४ करोड कम कबोल गरेको कम्पनीलाई नदिई चाइनीज कम्पनीसँग जेभी भएको आशिष निर्माण सेवालाई नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ठेक्का दिएका छन् ।

    १ अर्ब २४ करोड कम कबोल गरेको कम्पनीलाई सेटिङमै प्राविधिक परीक्षणमा डिस्क्वालिफाई गरी ठेक्का दिएको बिषयमा परेको उजुरीमा पनि अख्तियारको मौनता आश्चर्यजनक मानिएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठेक्का अनियमितता
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का १ अर्ब २४ करोड रुपैयाँ बढी कबोल गर्ने कम्पनीलाई दिएर ठाडै भ्रष्टाचार गरेको देखिंदा पनि महानिर्देशक अधिकारीमाथि अख्तियारले एक्सन लिन सकेको छैन ।

    त्रिभुवन विमानस्थलको निर्माणको ठेक्कामा भएको घोटाला प्रदीप अधिकारीले धनबहादुर बुढासँग मिलेर गरेका छन् । बालुवाटार, माधव नेपाल, अख्तियार र नेपाली कांग्रेस मिलाउनेगरी ठेकेदार सांसद बुढाले जिम्मा लिएको स्रोत वताउँछ ।

    स्रोतका अनुसार सांसद बुढाका दाजुको नाममा रहेको बुद्ध हिमाली निर्माण सेवा लगायतका केही कम्पनीको खातामा त्रिभुवन विमानस्थलको ठेक्काको १ अर्ब बराबरको चेकमार्फत् रकम भुक्तानी भएको छ ।

    त्यसमा ६८ करोड रकम बिभिन्न शक्तिकेन्द्रलाई बितरण गरी ३२ करोड बुढाले आफूले राखेको हिसाबकिताव डीजी अधिकारीलार्ई देखाएका छन् ।

    बालुवाटारमा गंगा दाहाललाई ८ करोड, अख्तियार मिलाउन ८ करोड, माधव नेपाल १४ करोड र कांग्रेसको टीमलाई ८ करोड दिएको हिसाबकिताव धनबहादुर बुढाले डीजी प्रदीप अधिकारीलाई देखाएको स्रोतको दाबी छ ।

    यस्तो हिसाबकिताव देखाएपछि डीजी अधिकारी र सांसद बुढाबीच नै खटपट भएको छ ।

    बुढाले डीजी अधिकारीलाई त्रास देखाई भैरहवा विमानस्थलको ठेक्का फेरि सेटिङमै फुत्काएका छन् । बुढाका दाजुको नाममा रहेको बुद्ध हिमाली–क्षमादेवी–आशिष जेभीलाई ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको ठेक्का दिइएको छ ।

    पारदर्शी रुपमा प्रतिस्पर्धा गराउँदा २ अर्बदेखि साढे २ अर्बमा सम्पन्न हुने भैरहवा विमानस्थलको ठेक्का दोब्बर मूल्यमा सेटिङमा लिएका धनबहादुर बुढाले काम नै सुरु नभए पनि २ पटक गरी १०–१० प्रतिशत मोविलाइजेसनबापतको २५ करोड रुपैयाँ बुद्ध हिमालीको खातामा जेभीबाटै चेक काटी लगेका छन् ।

    पछिल्लो ४–५ महिनाको बीचमा भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि भैरहवाको ठेक्कामा धनबहादुर बुढाका दाजुको बुद्ध हिमाली निर्माण सेवा र अरु केही कम्पनीमा १ अर्ब २५ करोडको चेक लगेको प्राधिकरण स्रोतले दाबी गरेको छ ।

    १ लाख, ५० हजारदेखि ५ हजार घुस लिनेबिरुद्ध मुद्दा चलाउने र कतिको जागिर नै चट पारिदिने अख्तियारले प्राधिकरणमा भएको अरब भ्रष्टाचारमा आँखा चिम्लिनुनमा कतै धनबहादुर बुढाको प्रभाव त होइन भन्ने आशंका उब्जिएको छ ।

    काम गर्न भनेर दिएको मोविलाइजेसनको रकम धनबहादुरको बुद्ध हिमाली निर्माण सेवाको खाताबाट क- कसको नाममा चेक काटेर भुक्तानी भएको छ ? त्यसको छानबिन गर्ने हो भने प्राधिकरणको ठेक्कामा भएको अरबौंको सेटिङ छताछुल्ल हुनेछ ।

    बुढाले माधव नेपाल, गंगा दाहाल, अख्तियार, नेपाली कांग्रेससहित कस कसका नाममा गयो ? वा बुढाले झुटो हिसाबकिताव देखाएका हुन् ? खोजी कसले गर्ने ?

    प्राधिकरणका एक अधिकारी भन्छन्– यो खोजी गर्ने निकाय चुपचाप बस्नुका पछाडि के रहस्य छ ? धनबहादुर बुढा भारतको गोवादेखि मेची क्राउनसम्म गएर क्यासिनोमा जुवा खेली म्यारियट होटलमा कोठा लिएर १० हजार पइन्टको म्यारिज खेलेको ब्यापक चर्चा बजारमा भइरहेकोे बेला नेपाल प्रहरीको सीआईबी, राजस्व अनुसन्धान विभाग, अख्तियार, सम्पत्ति शुद्धिकरण विभाग जस्ता निकायले उनको खाता, उनका आफन्तको खाता छानबिन किन गरिरहेको छैन ?

    यदि यी निकायले निर्भयतापूर्वक छानबिन गर्ने हो भने ठेकेदार सांसद बुढाले ठेक्का सेटिङबाट लिएको रकम कहाँ- कहाँ अपचलन गरेका छन्, त्यसको पर्दाफास हुने ति अधिकारीको दाबी छ  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार