Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सवारी दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

    सवारी दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 759
    SHARES

    फाइल तस्विर

    इनरुवा । सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

    मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिए । दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएका छन् ।



    को२ह ५५६५ नंको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चारै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएकामा लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो ।



    त्यसैगरी मोटसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनसरीको इनरुवा–३ का ६० वर्षीय बालकुमार खतिवडाको बुधबार निधन भएको छ । बा२७प ८७०१ नंको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार