Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चीनद्धारा समुद्री उपग्रह प्रक्षेपण

    चीनद्धारा समुद्री उपग्रह प्रक्षेपण

    अनलाइन नेपाल
  • शनिबार, २ मंसिर २०८०
  • 693
    SHARES

    एजेन्सी । चीनले नयाँ पुस्ताको समुन्द्री उपग्रह प्रक्षेपण गरेको छ ।

    चीनले नयाँ पुस्ताको महासागर रङ अनुगमन उपग्रह अन्तरिक्षमा पठाएको हो । जसले समुन्द्री पानीको सुधार गर्न मद्दत गर्दछ ।



    यो विश्वको पहिलो उच्च परिशुद्धता महासागर रंग अवलोकन उपग्रह हो । जसले विश्वभरका विभिन्न जल निकायहरूलाई लक्षित गर्दछ ।



    यसले पानीको रंग, पानीको तापक्रम, समुन्द्री बरफ, निलम्वित पदार्थ र पानीको पारिस्थितिको बारेमा अनुसन्धान गर्नेछ ।

    चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनअन्तर्गत पृथ्वी अवलोकन र डाटा केन्द्रले उपग्रहले चीनको मुख्य समुन्द्री मार्गहरूको लागि रिमोट सेन्सिङ सेवाहरू प्रदान गर्ने जनाएको छ ।

    साथै माछा पालन स्रोतहरूको उपयोग र समुन्द्री प्रदूषण अनुगमनलाई बढावा दिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार