Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • इतिहास बन्यो ट्रलीबस, अर्बौंको सम्पत्ति प्रयोगविहीन

    इतिहास बन्यो ट्रलीबस, अर्बौंको सम्पत्ति प्रयोगविहीन

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 786
    SHARES

    काठमाडौं । बानेश्वरको मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालय छेवैमा थोत्रा ट्रलीबस, तिनका खिया लागेका पार्टपुर्जा, सिमेन्टका बडेबडे पिल्लर र तार असरल्ल छरिएका छन् । लाग्छ, यो कुनै अव्यवस्थित कबाडीखाना हो ।

    राष्ट्रिय सानका रूपमा रहेको सार्वजनिक यातायात ट्रलीबस सेवाको एउटा चिनोका रूपमा कबाडी सामान मात्रै बाँकी छ । १४ वर्षअघि बन्द भएको ट्रलीबस सेवा रहेको २८ रोपनी सात आना जग्गा यातायात व्यवस्था विभागको नाममा दर्ता कायम छ । सहरको महत्वपूर्ण स्थानमा रहेको यो स्थानबाट ट्रलीका कबाडी हटाउन न चासो राखिएको छ न जग्गा नै प्रयोगमा ल्याउने योजना सरकारको छ ।



    भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, “ट्रलीबसका बारेमा छलफलमै छौँ । कुनै निर्णयमा पुगिएको छैन । सके ट्रलीबस चलाउने छौँ । नभए के गर्ने भन्नेबारे छिट्टै निर्णयमा पुग्ने छौँ ।”



    काठमाडौँ र भक्तपुर जिल्लालाई जोड्ने राजधानीको फराकिलो सडकमा त्रिपुरेश्वर–सूर्यविनायक कुनै समय ट्रलीबस गुड्थ्यो ।

    त्यसको सबुदका रूपमा सडक किनारमा कतैकतै बाँकी रहेका पिल्लर र टाँगिएका असरल्ल तारले दिन्छ । यस कार्यकालका कतिपय कर्मचारी अवकाशमा गए कतिपय स्थानीय तहमा मिलान गरिए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार