Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • लागुऔषधसहित तीनजना पक्राउ

    लागुऔषधसहित तीनजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 867
    SHARES

    पोखरा । पोखरामा लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो र कास्की प्रहरीबाट खटिएको टोलीले आलुमाइला चोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा उदयपुर घर भइ पोखरा ५ मासबार बस्ने २३ वर्षका जीवन विक, अर्घाखाँची घर भई पोखरा ८ सितलमार्ग बस्ने २५ वर्षका प्रविण पौडेल र पोखरा ९ संगममार्ग बस्ने २३ वर्षका कुशल विक्रम खाँण छन् ।



    जीवनलाई शंकास्पद अवस्थामा भेटेपछि चेकजाँच गर्ने क्रममा नाइट्रोभ्याट लेखिएको लागु औषध ५ चक्की फेला परेको थियो । सोही आधारमा सोधपुछ गर्दा अरु दुईजना पक्राउ परेका हुन् ।



    प्रविणको साथबाट ५ सय ७ चक्की नाइट्रोभ्याट र कुशलको साथबाट पनि ३ सय चक्की नाइट्रोभ्याट बरामद भएको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई लागुऔषध मुद्दामा १० दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार