Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बैंकहरुमा व्याजदर घट्दै, पुसमा अझै व्याजदर घट्ने

    बैंकहरुमा व्याजदर घट्दै, पुसमा अझै व्याजदर घट्ने

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 561
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा ¥हास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् ।

    बैंकहरुले ५९ खर्ब १९ अर्ब निक्षेप संकलन गर्दा कर्जामा लगानी भने ४९ खर्ब ८७ अर्ब मात्र पु¥याउन सकेका छन् । सीडी रेसियो ८१ प्रतिशतको आसपासमा रहे पछि बैंकहरु कर्जामा लगानी गर्न व्याजदर घटाउन लागि परेका हुन् ।



    बैंकहरुको व्याजदर महँगो भएका कारण उद्योग धन्दा फस्टाउन नसकेका कारण कर्जा व्याजदर एकल अंकमा झार्नुपर्ने दबाब उद्यमी व्यवसायीहरुको परेका कारणले पनि बैंकहरुले व्याजदर घटाउन थालेका हुन् ।



    गतवर्षसम्म बैंकहरुमा तरलताको अभाव भएपछि बैंकहरुले कर्जाको व्याजदर बढाएका थिए । तर गत साउनबाट निरन्तर रुपमा अधिक तरलता भएपछि बैंकहरुमा व्याजदर घटाउने दबाब पर्दै गएको थियो । नेपाल बैंकर्स संघको कार्टेलिङ्गजस्तै रहेको बैंक व्याजदर निर्धारण बैंकहरुले नै गर्न पाउने व्यवस्था भएपछि भदौ यता बैंकहरुको ब्याजदर क्रमिक रुपमा घटिरहेको छ ।

    गत भदौसम्म समग्र बैंकहरुले मुद्दतिमा दिने औसत व्याजदर १०.३२५ प्रतिशत रहेकोमा मंसिरका लागि निर्धारण गरिएको औसत व्याजदर ९.६६ प्रतिशतमा झरेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार असोजमा वाणिज्य बैंकको औसत ब्याजदर १०.२६ प्रतिशत रहेको थियो । कात्तिकमा भने ९.९६ प्रतिशत थियो।

    क्रमिक रुपमा घटिरहेको व्याजदर पुसमा अझ लगानी योग्य रकम अधिक हुने हुँदा व्याजदर घट्ने प्रक्षेपण गरिएको छ । अहिले सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकहरुमध्ये मुद्दतिमा सवैभन्दा वढी व्याज नेपाल एसबिआइ बैंकले दिंदैछ भने सवैभन्दा कम व्याज एनआइसी एसियाले दिनेछ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार