Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बैंकको ब्याज तिरिनसक्न्नु, कर्जाको ब्याज १७ प्रतिशत नाघ्दा, बचतको भने बढेन (सूचीसहित)

    बैंकको ब्याज तिरिनसक्न्नु, कर्जाको ब्याज १७ प्रतिशत नाघ्दा, बचतको भने बढेन (सूचीसहित)

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । वाणिज्य बैंकहरूले कर्जामा लगाउने ब्याजदर बढाएका छन् । बैंकहरूले वैशाखका लागि सार्वजनिक गरेको ब्याजदरसम्बन्धी सूचनाअनुसार ब्याजदर झण्डै १८ प्रतिशत हाराहारी पुगेको छ ।

    अधिकांश बैंकको पुँजी लागतसहित गणना हुने आधार ब्याजदर करिब १० प्रतिशत हाराहारी पुगेको छ। बैंकहरूले आधारदरमा ५ देखि ८ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने भएका हुन्। बैंकहरूले स्थिर दरमा जारी गर्ने कर्जाको ब्याजदर ११.७५ प्रतिशतदेखि करिब १७ प्रतिशतसम्म तोकेका छन्।



    परिवर्तित ब्याजदरका आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट सबभन्दा कम ब्याजदरमा कर्जा पाइने भएको छ भने माछापुच्छ्रे, नेपाल एसबिआईलगायतका बैंकहरूले उच्च ब्याजदर तोकेका छन्।



    स्थिर ब्याजदरका आधारमा सबभन्दा कम कुमारी बैंकको छ भने सिभिल बैंकको ब्याजदर सबभन्दा उच्च छ।

    कर्जाको व्याज बढाए पनि बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर भने बढाएका छैनन्। ब्याजदर बृद्धि गर्दा पनि निक्षेप स्रोत बढ्न नसकेपछि गत महिनादेखि नै बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर बढाएका छैनन्। बैंकहरूले मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गर्दै आएका छन्।रेमिट्यान्स खातामा भने १२.०३ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार