Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कीर्तिपुरबाट ३५ मिटरव्याजपीडित पक्राउ

    कीर्तिपुरबाट ३५ मिटरव्याजपीडित पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 852
    SHARES

    काठमाडौं । प्रहरीले काठमाडौंको कीर्तिपुरबाट ३५ जना मिटरव्याजपीडितलाई पक्राउ गरेको छ ।

    धर्ना र प्रदर्शनका लागि माइतीघर मण्डलातर्फ हिँडेका उनीहरुलाई प्रक्राउ गरिएको हो ।



    मिटरब्याजपीडितले प्रहरी कार्यालयमै नाराबाजी गरेका छन् । माइतीघर आउन नपाएपछि उनीहरुले कीर्तिपुरमै धर्ना सुरु गरेका थिए ।



    सोही क्रममा ३५ जनालाई प्रहरीले पक्राउ गरेको उपत्यका प्रहरी कार्यालय काठमाडौंका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

    बिहान मिटरब्याजपीडितहरुले धर्ना जारी राखेपछि दुबै पक्षबीच झडप नै भएको थियो ।

    मिटरब्याजीलाई हदैसम्मको कारबाही हुनुपर्ने र आफूलाई सरकारले न्याय दिलाउनुपर्ने पीडितको माग छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार