Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • ब्याजदर वृद्धिमा व्यवसायी-बैंकर आरोप प्रत्यारोप

    ब्याजदर वृद्धिमा व्यवसायी-बैंकर आरोप प्रत्यारोप

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 816
    SHARES

    काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर बढाएको आरोप उद्योगी व्यवसायीहरूले लगाएपछि बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्वजानकारी दिएर बैंकहरूले ब्याज बढाएको दाबी गरेका छन् ।

    मंगलबार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुई महिनाको समय दिएर ब्याजदर बढाएको पनि स्पष्ट पारे ।



    उनले हाल डलरको मूल्य १० रुपैयाँसम्म बढी वृद्धि भएको भन्दै सबै लागत जोडेर व्यवसायीहरू बजारमा जाने बैंकको लागत जोड्न नहुने भन्ने विश्वमा कहीँ नभएको बताए ।



    अध्यक्ष उपाध्यायले बजारमा तरलता अभावका कारण असारदेखि अहिलेसम्म कर्जा वृद्धि हुन नसकेको भन्दै चालु आर्थिक वर्षको पहिलो महिनादेखि अहिलेसम्म ३० देखि ४० अर्व निक्षेप संकलन भएको बताए । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार